काठमाडौं । गत माघ २४ गते ठमेलमा प्रहरी माथी अभद्र व्यबहार गर्ने २ जना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा ताप्लेजुङ, फुङ्लिङ्ग नगरपालिका वडा नं. १ स्थायी ठेगाना भई हाल काठमाडौं महानगरपालिका वडा नं. २६ लैनचौर बस्ने बर्ष २५ को दिनेश सिग्देल र डडेलधुरा, गन्यापधुरा गाउँपालिका वडा नं. ५ घर भई हाल काठमाडौं महानगरपालिका वडा नं. २६ लैनचौर बस्ने वर्ष २२ को रमेश फुलारा रहेका छन ।काठमाडौं महानगरपालिका वडा नं. २६ ठमेल स्थित सार्वजनिक सडक खण्डमा ५/६ जनाको समुहका मानिसहरुले हो–हल्ला गर्दै हिडिरहेको अबस्थामा प्रहरी वृत्त दरबारमार्गको (QRT) प्रहरीले फेला पारेकोमा उनीहरुलाई सम्झाइ बुझाइ गर्ने खोज्दा प्रहरी टोली माथि आक्रमण र अभद्र व्यवहार गरेका थिए ।उनीहरुले प्रहरी सवारी साधन (QRT मोटरसाईकल) समेत तोडफोड गरी त्यहाँबाट फरार भएकोमा प्रहरीले घटना भएको ३ दिन पछि माघ २७ गते उनीहरुलाई काठमाडौं महानगरपालिका वडा नं. ९ एयरपोर्ट स्थितबाट पक्राउ गरेको हो ।
उनीहरुलाई अभद्र व्यवहार सम्बन्धी कसुर मुद्दामा जिल्ला प्रशासन कार्यालय, काठमाडौबाट ५ दिनको म्याद थप गरी प्रहरी वृत्त दरबारमार्गबाट थप अनुसन्धान भई रहेका प्रहरीले जानकारी दिएको छ ।

