काठमाडौं । चन्द्रागिरि नगर पालिका वडा नम्बर ९ मच्छेगाउँमा ईनार खन्ने क्रममा एक जनाको निधन भएको छ ।

ईनार खन्दै गर्दा माथीबाट माटोको डिस्को खसेर पुरिएका सुनसरी जिल्ला ईनरूवा ५ बस्ने ४० बर्षिय लिडे उडाउको निधन भएको हो । मंगलबार दिउसो साढे २ बजे काठमाडौं जिल्ला चन्द्रागिरि नगरपालिका वडा नम्बर ९ मच्छेगाउँ टौखेल स्थित सुमित्रा शर्मा नेपालको निर्माणाधिन घरको ईनार खन्‍ने क्रममा माथीबाट खसेको माटोको डिस्कोले उनी पुरिएका थिए ।

उनलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालयबाट सहायक प्रहरी नायव निरिक्ष पवन पाण्डेको कमाण्डमा २० जनाको टोलीले करिव पौने ४ उद्धार गरि अचेत अबस्थामा बलम्वु स्थित एपिएफ अस्पतालमा पठाएको थियो । अस्पतालले उनलाई तत्काल मृत घोषणा गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय