काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर २ नागढुङ्गा स्थित चेकप्वाईन्टबाट लागुऔषध गाँजा सहित एकजना पक्राउ परेकाछन ।

मकवानपुर जिल्ला थाहा नगरपालिका वडा नम्बर ११ का ३१ बर्षिय सोमराज बल २ किलोग्राम गाँजा सहित पक्राउ परेका हुन । मंगलबार दिउसो मकवानपुरको पालुङबाट काठमाडौं आउँदै गरेको बा ३ ख ५१४७ नम्बरको बसलाई चेकजाँच गर्ने क्रममा उनीमाथी शंका लागि चेकजाँच गर्दा हरियो रंगको झोला भित्र प्लाष्टिकमा पोका पारी लुकाई छिपाई ल्याएको प्रतिबन्धित लागुऔषध गाँजा बरामद भएको प्रहरीले जानकारी दिएको हो ।

लागुऔषध सहित पक्राउ परेका सोमराजलाई थप अनुसन्धानको लागि प्रहरी वृत थानकोटमा पठाईएको नागढुंगा प्रहरीले जानकारी दिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय