काठमाडौं । चन्द्रागिरि नगरपालिकाको चालु आर्थिक बर्षको ६ महिनामा ७ प्रतिशत भन्दा कम योजना मात्र सम्पन्न गरेको हो । आर्थिक बर्ष २०८१/ ८२ मा कुल ७० करोड ३९ लाख रुपैयाको एक हजार १ सय ३३ वटा योजना अघि सारेको नगरपालिकामा ६ महिनामा जम्मा ७८ वटा योजना मात्र सम्पन्न भएको हो । यस अवधीमा नगरपालिकामा ३ सय १९ वटा योजना सम्झौता भएका छन ।
वडागत रुपमा हेर्दा चालु आर्थिक बर्षमा
वडा नम्बर १ ले ९८ वटा योजना बनाएकोमा २६ वटा योजना सम्झौता भएको छ भने जम्मा ५ वटा योजना सम्पन्न भएको छ ।
वडा नम्बर २ ले एक सय १ वटा योजना बनाएकोमा ३२ वटा योजना सम्झौता भएको छ भने जम्मा ६ वटा योजना सम्पन्न भएको छ ।
वडा नम्बर ३ ले ७५ वटा योजना बनाएकोमा ४३ वटा योजना सम्झौता भएको छ भने जम्मा ६ वटा योजना सम्पन्न भएको छ ।
वडा नम्बर ४ ले ६५ वटा योजना बनाएकोमा १५ वटा योजना सम्झौता भएको छ भने जम्मा ३ वटा योजना सम्पन्न भएको छ ।
वडा नम्बर ५ ले ६१ वटा योजना बनाएकोमा २२ वटा योजना सम्झौता भएको छ भने जम्मा एउटा योजना सम्पन्न भएको छ ।
वडा नम्बर ६ ले ९७ वटा योजना बनाएकोमा १५ वटा योजना सम्झौता भएको छ भने जम्मा ६ वटा योजना सम्पन्न भएको छ ।
वडा नम्बर ७ ले ६० वटा योजना बनाएकोमा १३ वटा योजना सम्झौता भएको छ भने जम्मा २ वटा योजना सम्पन्न भएको छ ।
वडा नम्बर ८ ले ९० वटा योजना बनाएकोमा २३ वटा योजना सम्झौता भएको छ भने जम्मा ७ वटा योजना सम्पन्न भएको छ ।
वडा नम्बर ९ ले ५९ वटा योजना बनाएकोमा १६ वटा योजना सम्झौता भएको छ भने जम्मा ३ वटा योजना सम्पन्न भएको छ ।
वडा नम्बर १० ले ५४ वटा योजना बनाएकोमा १६ वटा योजना सम्झौता भएको छ भने जम्मा एउटा योजना सम्पन्न भएको छ ।
वडा नम्बर ११ ले ५५ वटा योजना बनाएकोमा ४ वटा योजना सम्झौता भएको छ भने जम्मा ४ वटा योजना सम्पन्न भएको छ ।
वडा नम्बर १२ ले ७६ वटा योजना बनाएकोमा २७ वटा योजना सम्झौता भएको छ भने जम्मा ८ वटा योजना सम्पन्न भएको छ ।
वडा नम्बर १३ ले ८५ वटा योजना बनाएकोमा २४ वटा योजना सम्झौता भएको छ भने जम्मा ७ वटा योजना सम्पन्न भएको छ ।
वडा नम्बर १४ ले ८७ वटा योजना बनाएकोमा २८ वटा योजना सम्झौता भएको छ भने जम्मा ११ वटा योजना सम्पन्न भएको छ ।
वडा नम्बर १५ ले ७० वटा योजना बनाएकोमा १५ वटा योजना सम्झौता भएको छ भने जम्मा ८ वटा योजना सम्पन्न भएको छ ।

योजना सम्पन्न गर्न वडाहरुले देखाएको उदासिनताले नगरपालिकाले लिएको लक्ष्य महत्वाकांक्षामा परिणत भएको छ । त्यसोत जनप्रतिनिधी र उपभोक्ता बिचको दुरी बढदै जादा कतिपय योजनाहरु अघि बढन सकेको छैन ।वडाले बनाएका योजना कार्यान्वयनमा स्थानिय भन्दापनि स्वार्थ समुहको हालिमुहाली र योजनामा एक किसिमको सेन्टिगेट जस्तो महसुस भएको उपभोक्ताहरु बताउछन ।सम्झौता भएका २ सय ४१ वटा योजना सम्पन्न हुन सकेको छैन भने अझै ८ सय १४ वटा योजना सम्झौता समेत हुन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय