काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर २ नागढुङ्गा स्थित चेक प्वाइन्टमा ३ सय १८ ग्राम सुन बरामद भएको छ ।
बिहिबार बिहान काकडभिट्टा बाट काठमाडौं आउँदै गरेको बा.प्र.०१–००२ ख ०५४२ नम्बरको यात्रुवाहक बसमा चेकजाँच गर्दा बसमा सवार यात्रुबाट सुन बरामद भएको हो ।सुन सहित भारत महाराष्ट्र साङ्लीका २७ बर्षिय महेश अम्रुत मानि र महाराष्ट्र सोलापुरका २४ बर्षिय राहुल खंडु सरक पक्राउ परेका छन ।
बसको स्लिपर सिटमा सवार महेश अम्रुतले सुन कागजमा बेरेर आफु सुतेको सिरानि मुनि लुकाएर राखेको र चेकजाँचका क्रममा सुन फेला परेको प्रहरीले जानकारी दिएको हो ।

