काठमाडौं । ठमेलमा प्रहरीलाई कुटपिट गरेको आरोपमा अनेरास्ववियुका नेता कमल जोशी पक्राउ परेका छन्।

सत्तारूढ दल नेकपा (एमाले) को भातृ संगठनका नेता जोशीलाई जोगाएको भन्दै चर्को विरोध भएपछि प्रहरीले बिहिबार नयाँँ बानेश्वरबाट पक्राउ गरेको हो। माघ २४ गते उनीहरूसहित ५/६ जनाले ठमेलस्थित सडकमै हो हल्ला गर्दै हिँडेपछि प्रहरी वृत्त दरबारमार्गको क्वीक रेस्पोन्स टीम (क्युआरटी) प्रहरीले फेला पारेको थियो। उनीहरूलाई सम्झाइ बुझाइ गर्न खोज्दा प्रहरी टोलीमाथि आक्रमण गरेका थिए। क्युआरटीको मोटरसाइकलसमेत तोडफोड गरेका थिए । यसअघि ताप्लेजुङको फुङलिङ्ग नगरपालिका १ घर भई हाल काठमाडौँको लैनचौर बस्ने २५ वर्षका दिनेश सिग्देल र डडेलधुराको गन्यापधुरा गाउँपालिका ५ घर भई लैनचौरमै बस्ने २२ वर्षका रमेश फुलारालाई प्रहरी कुटपिटकै आरोपमा पक्राउ गरेको थियो ।

यसअघि पक्राउ परेका दुई जनालाई अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ। पक्राउ परेकालाई प्रहरी वृत्त दरबारमार्गको हिरासतमा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय