काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल तथा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको कीर्तिपुर अस्पतालको सघन उपचार कक्षमा उपचार भईरहेको छ ।

प्रा डा विडी. झा, डा प्रविण गिरी लगायतका सघन उपचार कक्षको टोली साथै प्रा. डा. शंकर मान राई, डा विशाल कार्की, डा मनिष यादव लगायतको जलन विशेषज्ञहरुको टोली अनि डा प्रयुस अर्याल लगायतका आकस्मिक उपचार टोली र रिना गौचन, निर्मला कुंवर, तृष्णा महर्जन लगायतको नर्सिङ्ग टोली उनीहरुको उपचारमा तल्लिन छन । घाईतेहरुको प्रारम्भिक मूल्याङ्कन अनुसार ५/६% जलेको तर अनुहारमा जलन भएकोले स्वासनली र फोक्सोमा असर पर्न सक्ने सम्भावना रहेकोले उच्च निगरानीमा उपचार गर्नुपर्ने आवश्यकता देखिएको अस्पतालले जनाएको छ । शनिबार पोखरा भ्रमण बर्षको उद्घाटन कार्यक्रममा बेलुन फुटेर आगो निस्कदाँ उनीहरु घाइते भएका थिए ।

पोखराबाट जलन घाईते भई  दिउँसोे उनीहरुलाई हेलिकप्टरबाट काठमाडौं कीर्तिपुर अस्पतालमा ल्याईएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय