काठमाडौं । चन्द्रागिरि नगरपालिकामा विश्व बैंकका दक्षिण एसिया क्षेत्रीय निर्देशक सहितको प्रतिनिधी टोलीले भ्रमण गरेको हो ।

निर्देशक म्याथ्यु वर्गिस सहितको उच्चस्तरीय प्रतिनिधिको टोलीले आइतबार नगरपालिकाको कार्यालयमा नगर प्रमुख घनश्याम गिरीसँग अन्तरक्रिया समेत गरेको थियो । नगर प्रमुख गिरीले विकास, सुधारका क्षेत्र, राम्रा अभ्यास र नगरपालिकाले विभिन्न क्षेत्रमा गरेका समग्र गतिविधिका बारेमा जानकारी दिएका थिए । वर्गिस सहितको टोलीले नगरक्षेत्रमा भएका गतिबिधीका बारेमा चासो राखेका थिए ।

वर्गिसले नगरपालिकाले हालसम्म गरेका गतिविधिबाट आफू प्रभावित भएको बताउँदै विश्व बैंकले सोही अनुसार नगरपालिकासँग विभिन्न क्षेत्रमा योगदान र सहकार्य गर्न सक्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय