काठमाडौं । चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले नगरको भिजन बुझ्न सक्ने प्रशासकीय अधिकृत चाहियको बताएका छन ।
नगरपालिकाले ई-गभमेन्स को अबधारण अघि सारेको, सुशासनको प्रत्याभुत गर्न चुस्त/दुरुस्त प्रशासन हाक्न सक्ने,नगरलाई डिजिटलाईजेशनमा अघि बढाउन सक्ने र नविनतम सोच भएका प्रशासकीय अधिकृत नगरको आजका अवश्यकता भएको उनले बताए ।बलम्वु स्थित नगर कार्यपालिका भवनमा सोमबार आयोजित बधाई, शुभकामना एवं फेरी भेटौंला कार्यक्रममा उनले यस्तो बताएका हुन । नगरका योजना र प्रशासनिक जटिलता बिचको दुरीले सोचे अनुसारको सफलता हासील गर्न नसकेको भन्दै उनले अब आउने प्रशासकीय अधिकृतले नगरको दिर्घकालिन भिजनलाई अंगिकार गरि सोहि अनुरुप कार्य सम्पादन गर्न सक्नुपर्ने बताए । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल हाल नेपाल सरकारको सहसचिवमा बढुवा भएको र उनको अन्तै सरुवा हुने भएकोले नगरपालिकाले आयोजना गरेको बिशेष कार्यक्रममा नगरप्रमुख गिरीले प्रशासकीय भुमिकामा अर्यालको योगदानको प्रशंसा गरे । गिरीले भने अर्याललाई इशारानै काफि थियो । अर्यालकै प्रशासकीय भुमिकामा नगरले नगरप्रहरी भर्ना गर्न सफल भएको,डिजिटल नगरपालिकाको अवधारणामा टेवा पुगेको, कार्य सम्पादन उल्लेखनिय रहेको बताउदै आफ्नो कार्यकालको अहिले सम्मको अवधीमा उत्कृष्ट प्रशासकीय अधिकृत भएको भन्दै प्रशंसा गरे । कार्यक्रममा नगर प्रवक्ता एवं चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष कृष्ण प्रसाद खड्गीले बढुवा भएका अर्याललाई बधाई दिदै सफल कार्यबालको शुभकामना ब्यक्त गरे ।चन्द्रागिरि नगरकै वासिन्दा भएका कारण अर्यालले जहाँ सुकै सरुवा भएपनि नगरप्रतिको दायित्व बोध गर्ने उनको विश्वास थियो । जादाँ जादै सह सचिवमा बढुवा भएका नगरका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले आफ्नो कार्यकालमा भए गरेका कार्यको लिखित कार्य सम्पादन र आगामी दिनमा नगरपालिकाले गर्नुपर्ने कार्यका बारेमा लिखित सुझाव समेत दिएका छन । उनले भने–१७ महिनाको कार्यकालमा नगरपालिकाबाट थुपै्र कुराहरु सिक्ने मौका पाएको छु । साथै नगरले अंगिकार गरेका योजनाको निरञ्तरता दिनुपर्ने र खुद्रे योजना भन्दा पनि ठुलाठुला योजना बनाई अघि बढनुपर्ने सुझाव दिए ।
कर सम्बन्धी निति, श्रमलाइ उत्पादन संग जोडनु पर्ने योजना,बिपद व्यबस्थापनमा सक्रियता साथै नगरप्रहरीलाई कुनै दवाव नपरि नगरले दिएको कार्य चुस्त रुपमा सम्पादन गर्ने लगायतका ५१ बुँदे सुझाव उनले दिएका छन । कार्यक्रममा नगर कार्यपालिका सदस्य,कार्मचारीहरु लगायतले अर्याललाई बधाई सहित शुभकामना दिएका हुन ।

