काठमाडौं । सूचना प्रविधि निर्देशक पदमा सुनिलकुमार केसी नियुक्त भएका छन ।
नेपाल विविध सेवा, राजपत्राङ्कित द्वितीय श्रेणी, सूचना प्रविधि निर्देशक पदमा उनी बढुवा हुदै नियुक्ति लिएका हुन । ३ पदपूर्ति संख्यामा उक्त पदका लागि १५ को दरखास्त उम्मेदवारी परेको थियो । के सी, ९९ दशमलब ८७ प्रतिशत प्रप्तांक सहित नियुक्त भएका हुन ।उनले मंगलबार नियुक्ति लिएका हुन । सुनिल चन्द्रागिरि नगरपालिका वडा नम्बर ८ का स्थायी बासिन्दा हुन ।
यस्तै,केही दिन अघि चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ निवासी सुशील देव सुवेदी नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए ।

