काठमाडौं । ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) क्षेत्रको केबुलकार निर्माणस्थलमा बिहीबार झडप भएको हो ।

केबुलकारको विषयलाई लिएर आन्दोलनरत पक्ष र प्रहरीबिच झडप हुँदा तेह्र जना घाइते भएका छन् । केबुलकारको विरोध गर्दै आएको पक्ष र प्रहरीबिच झडप हुँदा नेपाल प्रहरीका ६ जना र सशस्त्र प्रहरीका ५ जना,एकजना आन्दोलनकारी र एकजना सर्वसाधारण गरि १३ जना घाइते भएका छन् । नो केबुलकार समूहले पूर्वघोषित कार्यक्रमअनुसार पाथीभरा क्षेत्रमा पदयात्रासँगै केबुलकारविरुद्ध प्रदर्शन गर्दै केबुलकार निर्माणस्थलतर्फ प्रवेश गर्न खोजेपछि प्रहरीसँग झडप भएको थियो। आन्दोलनरत पक्षको प्रदर्शनलाई नियन्त्रण्मा लिन प्रहरीले सात राउण्ड अश्रुग्याँस प्रहार गरेको थियो ।

आन्दोलनरत पक्षले केबुलकारविरुद्ध चर्को नाराबाजीसहित प्रदर्शन गर्दै निर्माणस्थलमै कोणसभा गरेका छन्। यता झडपमा परी घाइते भएकाहरुलाई एम्बुलेन्समार्फत उपचारका लागि जिल्ला अस्पताल लगिएको छ।

‘नो केबलकार’ समूह र प्रहरीबीच झडपपछि फुङलिङदेखि पाथीभरा क्षेत्रको काफ्लेपाटीसम्म यातायात बन्द भएको छ । यातायात व्यावसायी संघ काफ्लेपाटीले सडक बन्द गरेको हो ।प्रहरी र आन्दोलनरत पक्षबीच झडप भई घाइते भएकाहरूको उद्धारका लागि पुगेका रेडक्रसकर्मी, उद्योग वाणिज्य संघ कर्मी र इन्सेक प्रतिनिधि चढेको गाडी आन्दोलनरत पक्षले तोडफोड गरेका थिए ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय