काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर १४ को मुल बाटो ढलान हुने भएको छ ।
वडा नम्बर १४ स्थित मुख्य बाटो नैकाप चोकबाट झोलेटोल हुँदै पुरानो नैकाप विद्या मन्दिर जाने बाटो स्तरोन्नती गरि ढलान हुन लागेको हो ।यहि फागुन ११ गते देखि ढलानको कार्य सुरु हुन लागेको वडा कार्यालयले जानकारी दिएको छ । मुल बाटो नयाँ नैकाप खानेपानी उपभोक्ता समितिको कार्यालय जाने चोकबाट झोलेटोल हुँदै विद्या मन्दिर जाने बाटो ढलान कार्य शुरु हुन लागेकाले वडाले वैकल्पिक बाटो प्रयोग गर्न सुचना मार्फत अनुरोध समेत गरेको छ । मिति २०८१/११/११ गतेदेखि उक्त बाटोको कार्य नसकुन्जेल बन्द रहने हुँदा वैकल्पिक बाटो प्रयोग गर्नुहुन सबैमा वडा कार्यालय अनुरोध गरिन्छ । साथै वाटो बन्दको कारणले यहाँहरुलाई पर्न जाने असुविधा प्रति वडा कार्यालय परिवार क्षमा माग्दै धैर्य धारण गरी वडा परिवारलाई सहयोग गरिदिनु हुन अनुरोध गरिन्छ, सुचनामा उल्लेख छ ।
काठमाडौं उपत्यका विकास प्राधिकरण बाट टेण्डर भई Fortune Builders Pvt. Ltd. मार्फत बाटो स्तरोन्नती गरि ढलान हुन लागेको हो ।

