काठमाडौं ।साहित्यकार अनुप रिजाल ‘शन्तामुरारी’को अंग्रेजी कबिता संग्रह ‘DAZZLING PEARL’ लोकार्पण भएको छ ।

शनिबार एक कार्यक्रमका बिच प्रमुख अतिथि संनिक आवासिय माध्यामिक बिद्यालयका पूर्व प्रध्यानाध्पक हेमन्त राणा,प्रा.डा.दयाराम श्रेष्ठ,डा.राम पौडेल र डा. यमप्रसाद शर्माले पुस्तकको संयुक्त रुपमा लोकार्पण गरेका हुन ।पुस्तकमा प्रेमरस,देशप्रेम,समसामयिक परिबेश संग सम्बन्धित भएर रचिएका लगायत बिभिन्न बिधा र रसका ७८ वटा कबिता संग्रहित छन ।उनको यस कृतिले नेपाली साहित्यलाई अन्तराष्ट्रिय साहित्यसंग परिचित गराउन महत्वपुर्ण भुमिका रहने उपस्थितहरुले प्रतिक्रिया दिएकाछन । साहित्यकार शान्तामुरारीको यो दोश्रो पुस्तक हो । यसअधि उनले मुस्कुराउने फुल नामक कृति सार्वजनिक गरेका थिए ।

https://www.facebook.com/share/v/1BWG1wLreM/

साहित्यकार शान्तामुरारी चन्द्रागिरि नगरपालिका वडा नम्बर ८ का स्थाई बासिन्दा हुन । उनले यसै माटो र परिस्थितीका बिच साहित्य श्रृजना गर्दै आएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय