काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं ४ थानकोट आजबाट बालश्रम मुक्त वडा घोषणा भएको छ ।
नगर प्रमुख घनश्याम गिरीले आईतबार वडा कार्यालय परिसरमा आयोजित औपचारीक कार्यक्रममा वडा नम्बर ४ लाई बालश्रम मुक्त वडा घोषणा गरेका हुन । कार्यक्रममा नगरप्रमुख गिरीले केहि वडाहरु मात्रै बालश्रम मुक्त वडा घोषणा हुन बाँकी रहेको र अब छिट्टैनै ति वडाहरुलाई पनि बालश्रम मुक्त वडा घोषणा गरि नगरपालिकालाईनै बालश्रम मुक्त नगरपालिका बनाउने अभियानमा लगिपरेको बताए । त्यस संगै नगरपालिकाले बालमैत्री सुशासन ब्यवस्थापन भएको वडा घोषणा गर्ने तयारीमा रहेको पनि जानकारी दिए ।बालबालिकाको अधिकारका साथसाथै पठनपाठन सहित सिपमुलक शिक्षामा जोड दिन नगरपालिका लागिपरेको उनको भनाई थियो ।कार्यक्रममा नगर उपप्रमुख बसन्ती श्रेष्ठले बालश्रम मुक्त वडा घोषणा गर्दागर्दै थप जिम्मेवारी आएको बताईन । बिभिन्न निकायले भारतबाट आएका बालबालिकालाई श्रममा लगायको भेटिने गरेको भन्दै अनुगमन र निगरानी बढाउनु पर्नेमा जोड दिइन । कार्यक्रममा वडानम्बर ४ का अध्यक्ष एवं नगर प्रवक्ता कृष्णप्रसाद खड्गीले नगरले बालबालिका लक्षित बिभिन्न कार्यक्रम गरिरहेको बताउदै बालबालिकालाई श्रृजनशिल हुन सुझव दिए । नगरपालिकाले आयोजना गर्ने मेयर संग बिद्यार्थी,उपमेयर संग बिद्यार्थी लगायतका कार्यक्रममा सहभागिता जनाउन उनले अनुरोध गरे । साथै वडाले आयोजना गर्ने बालबालिका लक्षित कार्यक्रममा सहभागि हुन अनुरोध समेत गरे ।वडा कार्यालयको आयोजना तथा वडा बाल अधिकार समितिको समन्वयमा कार्यक्रम आयोजना भएको हो ।यो संगै नगरपालिकाका १२ वटा वडा बालश्रम मुक्त वडा घोषणा भएका छन अब ३ वटा वडा बालश्रम मुक्त वडा घोषणा हुन बाँकी छन ।https://www.facebook.com/share/v/15MLqsydfa/
औपचारीक कार्यक्रम अघि सचेतनामुलक -र्याली आयोजना गरिएको थियो । -र्यालीमा जनप्रतिनिधी,बिद्यार्थी,समाजसेवी,भद्रभलाद्मी,प्रहरी,नगरप्रहरी लगायतको उपस्थिती रहेको थियो । चन्द्रागिरि हिल्स चोक हुदै सिलाफल, साझा घर, थानकोट बजार,खरिकोबोट,कोटघर हुदै वडा कार्यालय प्राङ्गणमा औपचारीक कार्यक्रम भएको हो । वर्ड भिजनको सहयोगमा नगरक्षेत्रमा बालश्रम मुक्त वडा घोषणको कार्य भइरहेको हो ।

