काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ थानकोट स्थित चुनदेबी मन्दिर परिसरमा भगवान नारायणको मुर्ति राखिने भएको छ ।
बुढानिलकण्ठ नारायणको जस्तै श्यन मुद्रामा रहेको नारायणको मुर्ति राखिन लागियको हो ।यहि फागुन २५ गते मुर्ती प्रतिस्थापन गरिने छ । बिचमा मुर्ति राखि त्यस्को वरिपरि मौलिक प्रविधी सहितको पानी रिचार्ज हुने पोखरी बनाइने वडा कार्यालयले जनाएको छ । चु्नदेबी मन्दिर परिसरमा रहेको करिव ४० रोपनी जग्गामा बन्ने बिभिन्न संरचना र खुल्ला ठाउ सहितको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) समेत तयार भैसकेको छ ।
उक्त स्थानमा बन्ने संरचनाका लागि करिव ९ करोड रुपैयाँ बजेट लाग्ने वडा कार्यालयले जानकारी दिएको छ । सोहि (डिपिआर) बमोजिम मुर्ति राखिन लागिएको हो ।

