काठमाडौं TO ALL WOMEN AND GIRLS: RIGHT, EQUALITY AND EMPOWERMENT अन्तर्राष्ट्रिय नारा तथा सबै महिला तथा बालिकाकोलागिः अधिकार, समानता र सशक्तीकरण, भन्ने राष्ट्रिय नाराका साथ ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस शनिबार ८ मार्च, २०२५ (फागुन २४) गते बिभिन्न कार्यक्रम गरि मनाइदैछ ।

यसै सन्दर्भमा चन्द्रागिरि नगरपालिकाले नगरक्षेत्रमा रहेका लव्धप्रतिष्ठित महिलाहरुको सम्मान गर्ने भएको हो । नगरपालिका क्षेत्र भित्र रहेका लब्ध प्रतिष्ठित महिलाहरुलाई सम्मान गर्ने कार्यक्रमका लागि ५ वटा बिधामा बिभिन्न सिमा निर्धारण गरेर नगरपालिकाले आवेदन माग गरेको थियो । कुल १९ जनाको निवेदन परेकोमा तोकीएको सिमामा परेका १४ जना महिलालाइ नगरपालिकाले सम्मान गर्न लागेको हो ।

समाजसेवामा समर्पित भई उल्लेखनीय योगदान गर्नुहुने महिला शिर्षकमा बागमती प्रदेश सांसद यमुना देवी श्रेष्ठ का साथै रुकुमिणि गिरी,शारदा खतिवडा त्यस्तै महिला अधिकारको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने महिला शिर्षकमा शान्ति महर्जन,दुर्गा तिमिल्सिना,साथै विद्यावारिधि हासिल महिला शिर्षकमा डा. मिनु सिग्देल लोहनी र डा.सुनिता थापा लाई नगरपालिकाले सम्मान गर्न लागेको हो । सरकारी सेवाको उप सचिव वा सो भन्दा माथिल्लो पदमा कार्यरत महिला शिर्षकमा सरकारी सेवा अन्तर्रगत नेपाली सेनाको महासेनानी दर्जा प्राप्त महिला अन्जु कार्की रायमाझी,उद्यमी/व्यवसायी महिला शिर्षकमा कृष्ण प्रभा जोशी, मीना गोपाली, पार्वती कार्की,इन्द्रमाया महर्जन, रक्षिता न्यौपाने र दीना श्रेष्ठलाई नगरपालिकाले सम्मान गर्न लागेको हो ।

नारी दिवस पहिलो पटक सन् १९११ मा अस्ट्रिया, डेन्मार्क, जर्मनी र स्विट्जरल्यान्डमा मनाइएको थियो । सन् १९०८ मा न्यूयोर्क सिटीमा १५,००० महिलाले दैनिक काम गर्ने समयावधि घटाउनुपर्ने, राम्रो तलब पाउनुपर्ने र आफूलाई मतदानको अधिकार प्राप्त हुनुपर्ने भन्दै प्रदर्शन गरेका थिए। त्यसैबाट दिवसको बीजारोपण भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय