काठमाडौं । चन्द्रागिरि नगरपालिकाले बिद्यार्थीसंग मेयर कार्यक्रमको आयोजना गरेको छ ।

नगरपालिका भवनको सभाहलमा आयोजित कार्यक्रममा बिद्यार्थीहरुले चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीलाई शिक्षा,स्वास्थ्य,प्रदुर्षण,भौतिक संरचना,प्राबिधीक शिक्षा,रोजगार,सुचना प्रबिधी लगायतका बिषयमा चोटिला प्रश्न गरेका थिए । भुसिया कुकुरको व्यबस्थापन,नगरको सौन्दर्यकरण ,साँगुरा फुटपाथका कारण बढदो दुर्घटना, न्युनिकरणका योजना,शिक्षकहरुको बृद्धि बिकास लगायतका बिषयमा बिद्यार्थीले जवाफ मागेका थिए ।बिद्यार्थीको प्रश्नमा मेयर गिरीले नगरपालिकाले गरेका र गर्न खोजेका योजनाहरुको फिरहस्ता सुनाएका थिए । नगरपालिकाले प्राबिधीक शिक्षा अंगिकार गरेको बताउदै रोजगारीका लागि दक्ष बन्न सक्ने भन्दै बिद्यार्थीलाई त्यसतर्फ आकर्षित हुन उनले सुझाव दिए । नगरपालिकाले बिगतको ८ बर्ष पहिले र अहिलेमा निक्कै फडको मारेको बताउदै गिरीले ८ बर्ष पहिलेका फोटो भिडियो हेरेर अहिलेको अवस्था जाच्दाँ महसुस हुने गरि नै परिवर्तन भएको दाबी गरे ।

https://www.facebook.com/share/v/18PC5NUDgu/

महिला,बालबालिका साथै जेष्ठ नागरिकहरु प्रति नगरले गरेको लगानीले सकारात्मक प्रतिफल दिइरहेको उनको भनाई थियो । कार्यक्रममा बिद्यार्थीहरुलाई भविष्यमा के बन्ने लक्ष्य रहेको छ भन्ने प्रश्नमा कुनै बिद्यार्थीले पनि राजनिती गर्छु भन्ने उत्तर नआएपछि मेयर गिरीलाई राजनितीप्रति किन बितिष्णा भएको होला भनेर जिज्ञासा राखिएको थियो । उत्तरमा मेयर गिरीले राजनितीलाई समाजसेवा भन्दा पनि ब्यापार तथा पैशाको रुपमा अंगिकार गरेका केहि समुहले कारण आम मानिसमा राजनिती प्रति बितिष्णा बढेको बताए ।बिद्यार्थीहरुले गरेका प्रश्न र सुझावलाई आगामी दिनका कार्यक्रम तथा योजनामा समेटने मेयर गिरीले प्रतिबद्धता ब्यक्त गरे ।

नगरपालिका भवनको सभाहलमा आयोजित कार्यक्रममा सामुदायिक र संस्थागत बिद्यालयका बिद्यार्थीहरु सहभागि थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय