काठमाडौं ।पोखरामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह समिट एअरको चार्टर्ड विमानबाट आज दिउसो ३ बजेर ५२ मिनेटमा काठमाडौं आएका हुन ।
पोखराबाट हिँड्नुअघि समर्थकहरूले विमानस्थलमा उनको बिदाइ गरेका थिए । पूर्वराजा शाहको स्वागतमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनदेखि राप्रपा नेपालका अध्यक्ष कमल थापासम्मका नेता विमानस्थल पुगेका थिए । शाहका समर्थक तथा शुभेच्छुकहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मूल प्रवेशद्वारअगाडि भेला भएका थिए । सडक दायाँबायाँ रहेका मानिसहरूलाई पूर्वराजा शाहले हात हल्लाएर अभिवादन गरिरहेका थिए ।
प्रवेशद्वारअगाडि भेला भएका राष्ट्रिय झण्डा बोकेका मानिसहरूले राजसंस्थाको पक्षमा विभिन्न नाराबाजी समेत गरेका थिए । विमानस्थलको सुरक्षा संवेदनशीलता स्रोतलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था कडा पारिएको थियो ।

