काठमाडौं । चन्द्रागिरि नगरपालिका–६ स्थित ऐतिहासिक एवं धार्मिक चन्दन भराटेश्वर महादेव मन्दिर परिसरमा पूर्वाधार निर्माण कार्य अन्तर्रगत बन्ने एक भवनको दोश्रो डिपिसि सम्पन्न भएको छ ।

https://www.facebook.com/share/v/18PPPp6PrD/

४२ फिट लम्बाई र २१ फिट चौडाईको ८८२ स्क्वाएर फिटको भवनको दोश्रो डिपिसि मंगलबार सम्पन्न भएको हो । भगवान शिवका ६४ पिठ मध्ये पचासौं पिठको रुपमा रहेको चन्दन भराटेश्वर महादेव मन्दिर परिसरमा बन्ने बिभिन्न भौतिक संरचनाको २०८१ मंसिर ३ गते शिलान्यास भएको थियो । कुल रु. ६ करोड पाँच लाख सात हजार चार सय ६७ लागत रहेको सो परियोजनाका लागि भारतीय दूतावासबाट रु. चार करोड ३६ लाख ९० हजार सहायता प्राप्त भएको हो । परियोजनाको अवधि २०८२ कात्तिक ११ गतेसम्म रहेको छ ।

नेपाल भारत सहयोग कार्यक्रम अन्तर्रगत भवनहरु बन्दै गरेका हुन ।धार्मीक सास्कृतिक परम्परागत रितिरिवाज लगायतका कार्यक्रम गर्न महत्वपूर्ण रहने नगरपालिकाको विश्वास रहेको छ ।धार्मीक पर्यटकिय क्षेत्रको रुपमा बिकास हुने नगरपालिकाको अपेक्षा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय