काठमाडौं । आफुलाई सामाजिक अभियन्ता बताउने उत्तम कार्कीले आत्मदाहको प्रयास गरेका छन ।
मंगलबार मध्यराती चन्द्रागिरि नगरपालिका वडा नम्बर ७ स्थित आफ्नै घरमा आत्मदाहको प्रयास गरेका हुन । सामाजिक संजाल फेुसबुक लाइभमा आफ्ना असन्तुष्टि र आत्मदाह गर्नुपर्ने कारण साथै बिभिन्न समयमा बिभिन्न ब्यक्तिबाट प्रताडित भएको बिवरण सुनाउदै उनले आफैलाई आगो लगाएका हुन । आगोका कारण उनको अनुहार,दुबै हातहरु,घाँटी जलेको छ ।तत्काल उनको उद्धार गरि राती करिव १ बजे उनलाई कीर्तिपुर बर्न अस्पतालमा पुर्याइएको थियो ।अहिले उनको सघन उपचार कक्षमा उपचार भइरहेको छ ।कार्कीले चन्द्रागिरि नगरक्षेत्रमा भएका बिकृती बिसंगतीका बिषयमा आवाज उठाउदै आएका थिए । कलंकी -नागढुंगा सडक बिस्तारमा भएको ढिलाई,बिद्युतका नाङ्गा तारका कारण बढदो जोखिम ,अबैध प्लानिङ, फोहरमैला लगायतका बिषयमा बुलंद आवाज उठाएका थिए । कोभिडको समयमा नागढुंगामा डक्टर लगायतको गाडि रोकिदिए पछि उनी आलोचित बन्नुका साथै प्रहरी हिरासत सम्म पुगेका थिए । गए राती आत्म दाहको प्रयास गर्दै गर्दा उनले दिएको अभिब्यक्तिलाई भने सरोकारवाला निकायले गम्भिरताका साथ अनुसन्धान गर्नु पर्ने देखिन्छ ।
सामाजिक संजालमा उनले केहि ब्यक्तिहरुको नामनै किटान गरेर आत्मदाह गर्नुपर्ने कारकका रुपमा चित्रित गरेका छन ।

