काठमाडौं । चन्द्रागिरि नगरपालिका क्षेत्र भित्र रहेको भालेश्वर मन्दिरमा परम्परागत पुजा गरिएको छ ।

प्राचिन सस्कृति र परम्पराको जगेर्ना गरौ,ऐतिहासिक भालेश्वर मन्दिरको संरक्षण गरौं भन्ने नाराका साथ स्थापित चन्द्रागिरि भालेश्वर मन्दिर संरक्षण समितिको आयोजनामा पुजा गरिएको हो ।प्रत्येक बर्ष फागु पूर्णिमाका दिन विशेष परम्परागत पुजा गरिदै आएको छ । विशेष धार्मीक महत्व बोकेको चन्द्रागिरि पर्वत श्रृङ्खला अन्तर्रगत अवस्थित ऐतिहासिक भालेश्वर मन्दिरमा गरिएको पुजामा प्रदेश संसद यमुनादेबी श्रेष्ठ,बिन्दु श्रेष्ठ,चन्द्रागिरि नगर उपप्रमुख बसन्ती श्रेष्ठ, भालेश्वर मन्दिर संरक्षण समितिका पदाधिकारीहरु, स्थानिय लगायतहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

https://www.facebook.com/share/v/1KeYVSYB7T/

बिभिन्न बाजागाजाका साथ पुजा गर्न पुगेका स्थानियहरुले मन्दिर प्राङ्गणमा पुजा सकिएसंगै एक आपसमा रंग दलेर,शुभकामना आदानप्रदान गर्दै होली मनाएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय