काठमाडौं । होलीका अवसरमा चन्द्रागिरि नगर क्षेत्रबाट ६ वटा सवारी साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
आज बिहान ७ बजे देखि गरिएको चेकिङमा ट्राफिक प्रहरीले ६ वटा मोटरसाइकल (दुई पांग्रे )नियन्त्रणमा लिएको हो । थानकोट ट्राफिक कार्यालयले चेकपोष्ट र गुरुजुधारा गरि २ स्थानमा चेकिङ गरेको हो । हेल्मेट नलगाई चलाउने मोटरसाइकल चलाउने, रंङ्ग दलेर चिन्न नसक्ने स्थितीमा मोटरसाइकल चलाउने,बिना कागजात मोटरसाइकल चलाउने र १ मादक पदार्थ सेवन गरि मोटरसाइकल चलाउनेलाई नियन्त्रणमा लिईएको थानकोट ट्राफिक कार्यालयका प्रमुख निर्मल पन्तले जानकारी दिए ।
होलीलाई मर्यादित र दुर्घटना रहित बनाउन बेलुका ७ बजे सम्म चेकिङ्ग गर्ने उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय