काठमाडौं । झापाको दमकमा बुधवार बिहान बिरामी बोकेको एम्बुलेन्स दुर्घटना भएको हो ।
दुर्घटनामा पाँच जना घाइते भएका छन । मनमोहन मेमोरियल सामुदायिक अस्पताल बिर्तामोडबाट बिरामी लिएर विराटनगर तर्फ जाँदै गर्दा एम्बुलेन्स दुर्घटनामा परेको हो । दमकको मुख्य चोक नजिकै पूर्वपश्चिम लोक मार्ग अन्तर्गत दमक ५ गोर्खा डिपार्टमेन्ट अगाडी सडकमा राखिएको डिभाइडरमा ठोक्किएर मनमोहन मेमोरियल सामुदायिक अस्पतालको प्र १–०१–००२ च ०११५ नम्बरको एम्बुलेन्स दुर्घटना भएको हो ।दुर्घटनामा परेर एम्बुलेन्समा सवार अर्जुनधारा नगरपालिका वडा नम्बर १० का विशाल लिम्बु,वर्षा लिम्बु , आरजु राई, मिना लिम्बु , अन्जेश लिम्बु र एम्बुलेन्स चालक कमल अधिकारी घाइते भएका हुन ।
यता, पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सुङ्ग्रेपानीबाट मालिका–४, चिउरीबोटतर्फ जाँदै गरेको ग१ज ५६१२ नम्बरको जीप सडकबाट ५० मिटर तल खस्दा चिउरीबोटका ३१ वर्षीय नगेन्द्र रसाइलीको घटनास्थलमा नै मृत्यु भएको हो । जीप दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । जीपमा चालकसहित ५ जना सवार रहेका थिए । घाइते भएका ओखरबोटका शेरबहादुर विक, चिउरीबोटका नगेन्द्र गोतामे र भीमप्रसाद गोतामेको दरबाङ आधारभूत अस्पतालमा उपचार भइरहेको छ ।
चालकको लापरवाहीका कारण दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय