काठमाडौं । चन्द्रागिरि हिल्सले भालेश्वर मन्दिरमा जाने पैदलयात्रुसंग एक सय रुपैयाँ असुलदै आएको बिषयले चन्द्रागिरि हिल्सलाई सताउन थालेको छ ।
धेरै समय अगाडिदेखि हिल्सले पैदल यात्रु संग एक रुपैयाँ उठाउदै आएपनि केहि साता अघिदेखि भने यो बिषय चर्चामा छ । त्यसोत हिल्सले चैत्र ८ गते विज्ञप्ती जारी गर्दै चन्द्रागिरि नगरपालिका, थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिकाका स्थानीय बासिन्दा बाहेकका अन्य स्थानबाट वैकल्पिक मार्ग प्रयोग गरी आउने पर्यटक तथा दर्शनार्थीहरुबाट रु. एक सय रुपैयाँ मात्र सेवा शुल्क लिएको र उक्त व्यवस्थाबाट वैकल्पिक मार्ग हुँदै पाल्नुहुने पर्यटक तथा दर्शनार्थीहरुलाई थप सहयोग एवं सुविधा उपलब्ध हुन पुगेको स्पष्ट गर्न चाहन्छौ भनेको थियो तर हिल्सको सो विज्ञप्ती बाट स्थानिय बिश्वस्त हुन सकेका छैनन । थाहा नगरपालिकाका स्थानियले हिल्स प्रा.लि. लाई रकम उठाउन नपाउने माग सहित शनिबार ज्ञापन पत्र बुझाएका छन ।करिव एक सय जनाको हाराहारीमा चन्द्रागिरि हिल्स पुगेका स्थानीयले ६ बुँदे माग समेत राखेका हुन । हिल्सले ओगटेको जंगल क्षेत्र सिमांङकन गर्नुपर्ने,भालेश्वर मन्दिर जाने पैदल यात्रुलाई २४ सै घण्टा आवतजावतमा खुल्ला गरिनुपर्ने,पैदलयात्रुबाट असुल गरिएको रकम सार्वजनिक गरि सोहि पैदल मार्गको स्तरउन्नतीमा खर्च गर्नुपर्ने,चन्द्रागिरि भालेश्वर हुदै चखेल इन्द्रसरोवर –५ जाने बाटो सदाका लागि खुल्ला गर्नु पर्ने,सथानियलाइ दिइने भनिएको रोजगारी,सेवा सुबिधाको बिबरण सार्वजनिक गर्नुपर्ने र पौराणिक भालेश्वर मन्दिरको निमार्ण गर्नुपर्ने सथानियले माग गरेका छन ।हिल्सका प्रतिनिधीले स्थानियले प्रस्तुत गरेका मागका बिषयमा बोर्ड बैठकमा छलफल गरिने र आवश्यक निर्णय गरिने बताए ।
स्थानियहरु हिल्समा पुग्दा सुरक्षा ब्यवस्था भने कडा पारिएको थियो ।

