काठमाडौं । चन्द्रागिरि नगरपालीकामा प्रमुख प्रशासकिय अधिकृतमा उपसचिव सुरेन्द्र थापा मगरलाई स्वागत गर्ने तयारी भएको छ ।
धनकुटाका थापा मगरले यस अघि नार्गाजुन नगरपालिका र धुलीखेल नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्य गरिसकेका छन । चन्द्रागिरि नगरमा आठौं प्रशासकीय अधिकृतका रुपमा उनी सोमबारबाट हाजिर हुने बताइएको छ । यसअघि फागुन १ मा संघीय मामिला मन्त्रालयले उपसचिव भुवनेश्वर लामिछानेलाई चन्द्रागिरि नगरको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरेको भएतापनि लामिछानेलाई चन्द्रागिरि नगरमा हाजिर गर्न नदिइ थापा मगरलाइ स्वागत गर्न लागिएको हो । चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरीले नगरले अवलम्बन गरेका योजनालाई अघि बढाएर देखिने गरि परिणाम निकाल्न सक्ने खुबी भएको र लिखित प्रतिबद्धता गरेपछि मात्रै प्रमुख प्रशासकीय अधिकृतलाई हाजीर गर्न दिइने सर्त राखेका थिए ।
सोहि सर्तका कारण नगरपालिका करिव ४० दिन देखि प्रमुख प्रशासकीय अधिकृत बिहिन हुदाँ कार्य सम्पादनमा ढिलाइ भइरहेको थियो ।

