काठमाडौं।मनहरी गाउँपालिका-७ समिडाँडामा आज बिहान करिब ४ बजे यात्रुबाहक बस दुर्घटना हुँदा ३५ जना यात्रु घाइते भएका छन् ।
काठमाडौंबाट महोत्तरीतर्फ जाँदै गरेको प्रदेश २-०३-००१ ख ३६२९ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल पल्टिएको हो । दुर्घटनाका घाइतेहरूलाई उद्धार गरी स्थानीय स्वास्थ्य केन्द्र ,हेटौंडा अस्पताल र चितवनका अस्पतालहरूमा उपचारका लागि पठाइएको प्रहरीले बताएको छ । घाईतेहरु २८ जनाको भरतपुरमा र स्थानिय मनहरी अस्पतालमा तीन जनाको उपचार भइरहेको छ । चार जना सामान्य प्रकृतिका घाईतेहरुको हेटौडा अस्पतालमा उपचार भइरहेको छ ।बसका चालक महोत्तरी पिपरा गाउँपालिका-२ का ३७ वर्षीय जय किशोर कापर प्रहरी नियन्त्रणमा रहेका छन्।
पूर्व-पश्चिम राजमार्गअन्तर्गत इलाका प्रहरी कार्यालय मनहरीबाट २ किलोमिटर पश्चिममा भएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर