काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ३ थानकोटमा करिव १६ बर्ष अघि महिला मित्र सञ्जालको स्थापना भएको हो ।
आफ्नै टोल छिमेकका महिलाहरु मिलेर बनाईएको यस सञ्जालले महिलाहरुको हक हित,सामाजिक न्याय,आर्थिक उन्नती लगायतका बिषयमा कार्य गर्दै आएको छ । यसै परिपेक्षमा स्थापनाको १६ बर्ष पछि संजालले नेपाली महिलाको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीज नजिकिँदै गर्दा तीजका मौलिक गीत, भाका र संस्कृतिको संरक्षणप्रति चासो देखाउदै संजाल सदस्यहरुकै शव्द,संगीत र स्वरमा तीजको मौलिक गीत ‘भुल्नु हुन्न हामीले पुरानो संस्कार’ …को श्रृजना गरेको छ ।
पछिल्ला वर्षहरूमा तीजका गीतमा आधुनिक संगीत र प्रविधिको प्रभाव बढ्दै गए पनि मौलिक तीज गीतको आफ्नै सांस्कृतिक महत्व कायमै रहेको सन्देश सहित श्रृजना गरिएको गीतलाई सि.एम .मल्टिपप्र्रोज प्रा.लि ले रेकर्ड,छायांकन र निर्देशन सहित प्रस्तुत गरेको हो ।यस गीतमा तीजका मौलिक गीतमा नेपाली समाज, परिवार, महिला जीवन, माइती–घरप्रतिको सम्बन्ध, सामाजिक विकृति तथा महिलाका भावना अभिव्यक्त भएका छन् ।
विगतमा गाउँघरमा महिलाहरू समूहमा बसेर परम्परागत भाकामा तीजका गीत गाउने र नाच्ने चलनका साथै यस्ता गीत मनोरञ्जनको माध्यम मात्र नभई समाजका सुख–दुःख र महिलाका अनुभव व्यक्त गर्ने माध्यमसमेतका रुपमा प्रस्तुत गरिएको गीतका निर्देशक अतुल पाठकले जानकारी दिए ।
आगामी दिनमा तीज गीतमार्फत महिला अधिकार, शिक्षा, स्वास्थ्य, घरेलु हिंसाविरुद्धको चेतना, सामाजिक समानता तथा पारिवारिक सम्बन्धजस्ता विषयलाई पनि सकारात्मक रूपमा प्रस्तुत गर्ने महिला मित्र सञ्जालको तयारी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय