काठमाडौं । अमेरिकी राष्ट्रपति पदको चुनावमा ७८ वर्षीय डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका लागि विजयी भएका छन ।
कुल ५३८ सिटमा ट्रम्पले २७७ र कमला ह्यारिसले २२४ सिट प्राप्त गरेका छन ।जित्नका लागि कम्तीमा २७० सिटमा विजय हुनुपर्ने थियो । ट्रम्पको जितसँगै अमेरिकामा राजनीतिक दिशामा परिवर्तन आउन सक्ने सङ्केत देखिएको छ ।उनको विजयले अन्तर्राष्ट्रिय क्षेत्रमा पनि विभिन्न प्रतिक्रिया उत्पन्न गराएको छ, विशेषगरी अमेरिका–चीन सम्बन्ध, जलवायु परिवर्तन नीतिहरू र नाटो जस्ता मुद्दाहरूमा गहिरो प्रभाव पर्ने अनुमान गरिएको छ ।ट्रम्पले सन २०१६ को नोभेम्बरमा राष्ट्रपतिमा निर्वाचित भएर २०२० सम्म चार वर्ष कार्यकाल सम्हालेका थिए ।२०२० को निर्वाचनमा वर्तमान राष्ट्रपति जो वाइडेनसँग पराजित भएका ट्रम्प ४ बर्ष पछि पुःन ह्वाइट हाउस फर्किने भएका हुन ।
यसैबिच,नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएकोमा बधाई दिएका छन । राष्ट्रपति ट्रम्पको कार्यकालमा नेपाल र संयुक्त राज्य अमेरिकाको सम्बन्ध अझ सुदृढ हुने पौडेलले विश्वास व्यक्त गरेका छन ।साथै संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिका रुपमा उनको दोस्रो कार्यकालको पूर्ण सफलताको कामना गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर