काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ ले स्वरोजगार बनाउने उद्देश्यले तालिम दिन लागेको हो ।
वडा कार्यालयले महिलाहरुलाइ स्वरोजगार बनाउन महिला लक्षित डल्लो साबुन र झोल साबुन बनाउने तालिम दिने भएको हो । वडा कार्यालयले साबुन बनाउने तालिम सम्बन्धी सुचना जारी गर्दै तालिम लिन इच्छुकहरुलाई आवेदन दिन अनुरोध गरेको छ । बागमती प्रदेश सरकार ,उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयको स्वीकृत कार्यक्रम अन्तर्गत तालिम दिन लागिएको वडा नम्बर ४ का वडाध्यक्ष कृष्ण प्रसाद खड्गीले जानकारी दिए ।
उनले १८ बर्ष भन्दा माथीका इच्छुक महिलाहरुलाई नागरिकताको प्रतिलिपि र २ प्रति पासपोर्ट साईजको फोटो सहित ५ दिन भित्र आवेदन दिन अनुरोध गरेका छन ।

