काठमाडौं । पूर्वमन्त्री एवं नेकपा (एमाले) का कोशी प्रदेश सांसद लीलावल्लभ अधिकारीलाई अनुसन्धानका लागि काठमाडौँ ल्याइएको छ ।

आइतबार विराटनगर निजी निवासबाट पक्राउ गरी थप अनुसन्धानका लागि उनलाई काठमाडौं ल्याइएको हो । मानव तस्करी प्रकरणमा मुछिएको आरोपमा उनलाई प्रहरीले बरगाछीस्थित निवासबाट पक्राउ गरेको थियो। जापान भ्रमण मन्त्रीपरिषद् द्वारा स्वीकृत नगराई आफूसँग असम्बन्धित मानिसहरू लिएर गएको आरोपमा उनलाई पक्राउ गरिएको हो ।उनी सहित जापान प्रकरणमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पूर्वमन्त्री अधिकारी सहित खोटाङका ४१ वर्षीय जनक राई, ३७ वर्षीय दावा शेर्पा र रसुवाका २१ वर्षीय कञ्चन देवकोटा,धादिङका ३४ वर्षीय महेश पाण्डे, नुवाकोटका २२ वर्षीय जुगल रिजाल र दोलखाका ३० वर्षीय वीरबहादुर सुनुवार रहेका छन् ।उनीहरुलाई मानव बेचबिखन तथा ओसारपसार ऐन २०६४ अनुसार अनुसन्धान भइरहेको काठमाडौं प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर