काठमाडौं । मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त भएका छन ।
उपनिर्वाचन देशको ४२ स्थानमा हुनेछ ।निर्वाचन आयोगले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ७ बमोजिम सोमबारदेखि नै लागू हुने गरी ३२ जना जिल्ला न्यायाधीशलाई विभिन्न स्थानमा मुख्य निर्वाचन अधिकृत र ६ जना राजपत्राङ्कित कर्मचारीलाई निर्वाचन अधिकृत नियुक्त गरेको हो ।निर्धारित कार्यतालिका अनुसार नियुक्त मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतबाट कात्तिक ३० गते सम्बन्धित स्थानीय तहको केन्द्र तथा वडाको केन्द्र रहेको स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी निर्वाचन व्यवस्थापन सम्बन्धी कार्यसम्पादन गर्नुपर्नेछ ।
आयोगले कीर्तिपुर नगरपालिकाको प्रमुख, वडा नम्बर १ र ४ मा हुने उप निर्वाचनको लागि सर्वोच्च अदालतकी उपरजिष्ट्रार इन्दिरा कार्कीलाई निर्वाचन अधिकृत नियुक्त गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय