काठमाडौं । चन्द्रागिरि नगरपालिका स्थित गुरुजुधारामा मंगलबार नेपाली कांग्रेस चन्द्रागिरि नगर स्तरीय बैठक भएको हो ।
नेपाली कांग्रेस केन्द्रिय कार्य समितिको निर्णय अनुसार १५ औं अधिबेशन सफल बनाउने उद्देश्यका लागि बैठक आयोजना भएको हो। नेपाली कांग्रेस चन्द्रागिरि नगर कार्य समितिको आयोजनामा भएको बैठकमा उपस्थितहरुले आफ्नो राय सल्लाह तथा सुझाव दिएका थिए ।
नेपाली कांग्रेसको १५ औं अधिवेशन २०८३ असोज १६ गते देखि १९ गते सम्म काठमाडौंमा हुने कार्यक्रम तय भएको छ ।असोज ३ गते वडाबाट प्रारम्भ भइ १६ देखि १९ सम्म काठमाडौंको खुल्ला मञ्चमा १५ औं अधिबेशन सम्पन्न हुने छ ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उम्मेदवार बन्न पदअनुसार फरक–फरक शुल्क तोकिएको छ।
🔴 केन्द्रीय तह
• सभापति — रु. ४०,०००
• उपसभापति — रु. ३०,०००
• महामन्त्री — रु. ३०,०००
• सहमहामन्त्री — रु. २०,०००
• केन्द्रीय सदस्य — रु. ११,०००
🔵 प्रदेश तह
• प्रदेश सभापति — रु. २०,०००
• उपसभापति — रु. १५,०००
• महामन्त्री — रु. १५,०००
• सहमहामन्त्री — रु. १०,०००
• प्रदेश सदस्य — रु. ५,०००
🟢 स्थानीय तह
• वडा सभापति — रु. १,०००
• वडा उपसभापति — रु. ७००
• वडा सचिव — रु. ७००
• वडा सहसचिव — रु. ७००
• वडा सदस्य — रु. ५००
• क्षेत्रीय प्रतिनिधि — रु. ५००
✍️ उम्मेदवारीसँगै प्रस्तावक–समर्थकको व्यवस्था पनि फरक छ।
सभापतिका लागि १० प्रस्तावक र १० समर्थक, उपसभापति/महामन्त्रीका लागि ७–७, सहमहामन्त्रीका लागि ५–५ तथा केन्द्रीय सदस्यका लागि ३–३ जना प्रस्तावक र समर्थक आवश्यक पर्ने व्यवस्था गरिएको छ।
१५औँ महाधिवेशनमा नेतृत्वको सबैभन्दा ठूलो पद सभापतिका लागि उम्मेदवारी शुल्क रु. ४० हजार तोकिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय