काठमाडौं । रौतहटको चन्द्रनिगाहपुरमा यात्रुबाहक बस दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन् ।
घाइतेहरु मध्ये एकजनाको अवस्था गम्भीर, तीनजनाको मध्यम र ८ जनाको समस्या रहेको र उनीहरुलाइ उपचारका लागि अस्पताल लगिएको छ । मंगलबार बिहान पूर्वपश्चिम लोकमार्ग अन्तर्गत चन्द्रपुर नगरपालिका २ लचका नजिकै ग.१ ख.५८०७ नम्बरको २० यात्रु सवार बस दुर्घटना भएको हो । बस पोखराबाट जनकपुर तर्फ गइरहेको थियो । दुर्घटनाको बिषयमा बस चालक दोलखाका पदम बहादुर बस्नेत र र सह चालक बाराका सुरज पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।
बाटो काट्दै गरेको स्याललाई बचाउने क्रममा दुर्घटना भएको उनीहरुले प्रहरीलाई बताएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय