काठमाडौं । चन्द्रागिरि नगरपालिका –२ नागढुंगामा लागुऔषध सहित २ जना पक्राउ परेका हुन ।
बुधबार बिहान काकडभिट्टाबाट काठमाडौ आउदै गरेको बा प्र ०३–००१ ख २९९५ नम्बरको यात्रुबाहक बस नागढुंगा चेकपोष्टमा चेकजाँच गर्ने क्रममा लागुऔषध खैरो हिरोइन सहित २ जना पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।पक्राउ पर्नेमा गोरखा जिल्ला गोरखा नगरपालिका १४ को २५ वर्षिय अनिल भट्ट र मोरङ्ग जिल्ला वेलबारी नगरपालिका –५ का २१ वर्षिय टेक बहादुर पुरी रहेका छन ।
उनीहरुको साथबाट चुरोटको बट्टाभित्र कालो प्लाष्टिकले बेरिएको अवस्थामा खैरो हिरोइन बरामत भएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय