काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले १६ मंसिरमा हुने उपनिर्वाचनका लागि १७ जना उम्मेदवार टुंगो लगाएको छ ।
राप्रपाले कीर्तिपुर नगरपालिकाको मेयरमा ध्रुव महर्जन उम्मेदवार टुंगो लागेको हो ।त्यस्तै,कीर्तिपुर नगरपालिका वडा नम्बर १ का लागि सुरेन्द्र उप्रेती र कीर्तिपुर नगरपालिका वडा नम्बर ४ का लागि विजश बस्नेत उम्मेदवार टुंगो लागेको हो ।दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा मनकुमारी श्रेष्ठ र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा सुनादेवी थापा (भोटे) उम्मेदवार पक्का भएका छन ।राप्रपाले उपनिर्वाचन हुने वडाहरुमध्ये १४ वटा वडाध्यक्षको उम्मेदवार टुंगो लागायको छ ।
उपनिर्वाचन हुने सबै स्थानमा राप्रपाले कसैसँग तालमेल नगर्ने र आफैं उम्मेदवारी दिने भनियता पनि सबै उम्मेदवार भने टुंगो लगाउन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय