काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रारम्भिक निर्वाचन प्रक्रियाबाट आगामी मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको उपनिर्वाचनको उम्मेदवार छनोट गरेको छ ।
तर कीर्तिपुर नगरपालिका प्रमुखको उमेदवार भने अझै टुंगाउन लगाउन सकेको छैन ।कीर्तिपुर नगरपालिका वडा नम्बर ४ को लागि शुसिल बास्कोटालाई उमेदवार बनाउने निर्णय गरेको रास्वपाले वडा नम्बर १ को लागि पनि उमेदवार टुंगाउन सकेको छैन । पार्टीका तर्फबाट भाग लिने उम्मेदवार चयन गर्न पार्टीको विधानको धारा ७१ बमोजिम सञ्चालन गरिने प्रारम्भिक निर्वाचनको पूर्वप्रकाशित तालिकाअनुसार आकांक्षी उम्मेदवारबीच छलफल र पार्टीको स्थानीय नेतृत्वको सिफारिसपछि उम्मेदवार छनोट गरिएको पार्टीको स्थानीय तह उपनिर्वाचन संयोजन समितिले जनाएको छ ।
रास्वपाले अहिले सम्म छनोट गरेका स्थानीय तह उपनिर्वाचनका उम्मेदवार, (सूचीसहित)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय