काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको भैरहवामा जारी बयान बिहिबार पनि हुनेछ ।
मंगलबार भैरहवा ल्याइएका रविसंग बुधबार विहान सवा १० बजेदेखि सांझ सवा ७ बजेसम्म बयान लिइएको थियो ।करिब ९ घण्टा बयान लिइएको र अझै नसकिएकाले भोलि (बिहीबार) १० बजेदेखि पुनः बाँकी बयान लिने जिल्ला सरकारी वकिलको कार्यालयले जानकारी दिएको छ ।कार्यालयले भनेको छ –बयान लिने काम अन्तिमतिर आएको छ, सकिएको छैन, बयान रुजु गर्ने र रोलक्रम गर्न बाँकी छ ।लामिछाने प्रबन्ध निर्देशक रहेका बेला रुपन्देहीको सुप्रिम सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगिएको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको हो ।
यो सहकारीबाट २ करोड रुपैयाँ रवि लामिछानेकै नाममा पनि निकास भएको भेटिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय