काठमाडौं । झाँक्री प्रकाश भुजेलको गाडीले ठक्कर दिँदा कागेश्वरी मनोहरा २ आलापोट बस्ने ३८ वर्षीय नारायण नगरकोटीको मृत्यु भएको हो ।
उनको ग्राण्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा नगरकोटीकी पत्नी ३२ वर्षीया सानुमाया नगरकोटी गम्भीर घाइते भएकी छन् । उनको अवस्था गम्भीर र भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । भुजेलले चलाएको बा १९ प २६९५ नम्बरको कारले शंकरापुरमा बागमतीप्रदेश –०२–०१८ प ६८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटना गराएर फरार भएका झाँक्री लाई प्रहरीले पक्राउ गरेको छ ।उनलाई प्रहरी वृत्त बौद्धको टोलीले जोरपाटी क्षेत्रबाट पक्राउ गरेको हो ।

