काठमाडौं । बिहिबार चन्द्रागिरि नगरपालिका–५ मा २ जनाको शव फेला परेको हो ।
चन्द्रागिरि–५ दुरसञ्चार नजिकै एक पुरुषको शव फेला परेको प्रहरीले जानकारी दिएको हो ।उक्त शव रामेछापका ३५ वर्षीय असले तामाङको रहेको र शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल लगिएको प्रहरीले बताएको छ । त्यस्तै, वाणस्थली निवासी आयूषा कार्की मृत भेटिएको प्रहरीले बताएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । बिहिबार नै काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं. ३ मा एक घरको कोठामा एकै परिवारका तीन जना मृत अवस्थामा भेटिएका छन् ।कुमारी गाम्छा बस्ने ४९ वर्षीय कान्छा नगरकोटीले कात्तिक १६ गतेदेखि नै आफ्नो श्रीमती, छोरा र छोरी हराइरहेको भनि बिहीबार प्रहरी वृत बौद्धमा खोजतलासका लागि निवेदन दिएका थिए ।
खोजतलास गर्दा नगरकोटीकै घरको कोठाभित्र ३३ वर्षीया श्रीमती सीता दंगाल (नगरकोटी), १५ वर्षीया छोरी अंशु मोक्तान र दुई महिनाको बालक मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय