काठमाडौं । काभ्रेपलान्चोक जिल्लाको पाँचखाल नगरपालिका–१३ कोशिदेखा लामिडाँडामा बिहीबार साँझ निशान मिनिट्रक दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।
प्रहरी चौकी पाँचखालका अनुसार बिहीबार साँझ वालुवा खन्याएर फर्कदै गरेको बा २ ख २२०२ नम्बरको निशान मिनिट्रक दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको हो ।ट्रक दुर्घटनामा ट्रक चालक स्थानीय कुमार रोक्का र अर्का, माइला रोक्काको मृत्यु भएको बताईएको छ ।
स्थानीय खानीबाट वालुवा लिएर आएको ट्रक वालुवा खन्याएर घर फर्कने क्रममा सडकबाट करिब दुई सय मिटर तल खसेको छ । ट्रक सडकमा माथि भागबाट नै भित्तोमा ठोक्किँदै ठोक्किँदै सडकबाट तल खसेकाले प्रहरीले ट्रकको ब्रेक फेल भएको हो कि भन्ने अनुमान गरेको छ ।

