काठमाडौं । १७ अर्ब रुपैयाँ लगातमा ०७५ चैत ८ मा काम सुरु भएर ०७९ साउन २२ भित्र निर्माण सम्पन्न हुनुपर्ने नारायणगढ–बुटवल सडकको काम अहिलेसम्म ५३ प्रतिशत मात्रै भएको छ ।
सडक विस्तार कार्यमा ढिलाइ गरेको र योजनाअनुसार काम नगरेको भन्दै सरकार र परामर्शदाता कम्पनीले नारायणगढ–बुटवल सडक खण्ड विस्तार आयोजनाको ठेकेदार कम्पनी चाइना स्टेट कर्पोरेसनलाई चेतावनी पत्र (नोटिस टु करेक्ट–एनटीसी) पठाएको हो । ठेकेदारलाई ठेक्का तोड्नुअघिको प्रक्रियाका रूपमा दिनुपर्ने अन्तिम चेतावनीस्वरूप एनटीसी जारी हुने गर्छ । चेतावनी पत्रमा परामर्शदाता र सडक विस्तार आयोजनाले आगामी मंसिर २५ भित्र एकतर्फी रूपमा ७० प्रतिशत कालोपत्र हुनुपर्ने र चैत १७ सम्म आयोजनाको पूर्वी र पश्चिम खण्डको सबैमा एकतर्फी कालोपत्र गर्नुपर्ने सर्त राखिएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवलदेखि नारायणगढसम्मको ११३ किलोमिटर खण्डको यो राजमार्गलाई बजार क्षेत्रमा ६ लेन र बस्ती नभएको (जंगल र दाउन्ने) क्षेत्रमा ४ लेन बनाउन लागिएको हो ।
ठेकेदार कम्पनीले सडक विस्तारका क्रममा खनिएका खाडल नपुर्ने, वर्षौंसम्म सडक मर्मत नगर्दा सवारीसाधन सञ्चालनमै असहज हुने गरेको छ । सरकारी निकायबाट पटक–पटक सडक निर्माण र मर्मतका लागि ताकेता गर्दासमेत ठेकेदारले अटेरी गर्दै आएपछि आयोजनाले नोटिस टु करेक्ट–एनटीसी पठाएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय