काठमाडौं । थानकोटे जात्रा नामले बहुप्रचलित सिन्दुर जात्रालाई महालक्ष्मी जात्रा पनि भन्ने चलन छ ।
तर यो जात्रा महालक्ष्मीको मात्र नभएर नारायण, गणेश र भैरवको सामुहिक जात्रा पनि हो । यो जात्रा प्रत्येक वर्षको कार्तिक शुक्ल पक्षको चतुर्दशी अर्थात् बैकुण्ठ चतुर्दशीको दिनदेखि शुरू भएर मंसिर कृष्णपक्षको प्रतिपदाको दिनमा सम्पन्न हुन्छ ।

