काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको आइतबार दिउँसो निधन भएको हो ।
कलेजो रोगको उपचारका क्रममा पूर्वसभामुख ढुंगानाको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा निधन भयो । स्व. ढुंगानाका दुई छोरा र एक छोरी छन् । जेठा छोरा निशेष र छोरी नीता काठमाडौंमै छन् । कान्छो छोरा निमेष लण्डनमा रहेकाले उनी आएपछि सोमबारमात्रै अन्त्येष्टि गरिने छ ।राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वसभामुख एवम् संविधानविद् ढुंगानाको निधनप्रति दुःख व्यक्त गरेका छन् ।उनले भनेका छन्,‘पूर्व सभामुख एवम् संविधानविद् दमननाथ ढुंगानाको निधनको खबरले मलाई मर्माहत बनाएको छ । पञ्चायतकालमा विद्यार्थी संगठनबाट राजनीति प्रारम्भ गर्नुभएको उहाँले वरिष्ठ अधिवक्ता, मानवअधिकारवादी र नागरिक समाजको अगुवाको पहिचान बनाउनुभएका ढुंगानाले नेपालको लोकतान्त्रिक आन्दोलनमा पु-याएको योगदानलाई मुलुकले सधै स्मरण गरिरहनेछ ।
दुखको यस घडिमा प्रिय मित्र ढुंगानाप्रति श्रद्धान्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । सभामुख देवराज घिमिरेले ढुंगानाको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।आइतबार साँझ कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियालाई फोन गरेर सरकारको ध्यानाकर्षण गराएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय