काठमाडौं ।पाकिस्तान,कतार,इजरायल र चीनका लागि नेपाली राजदुतले शपथ लिएका हुन ।
पाकिस्तानका लागि नेपाली राजदूत रीता धिताल, कतारका लागि नेपाली राजदूत रमेशचन्द्र पौडेल, इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित र चीनका लागि नेपाली राजदूत प्रा.डा. कृष्णप्रसाद ओलीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनीयताको शपथग्रहण गरे ।

सरकारको सिफारिस र संसदीय सुनुवाइ समितिको अनुमोदनपछि उनीहरुलाई राष्ट्रपति पौडेलले राजदूत नियुक्त गरेका थिए ।

