काठमाडौँ ।रास्वपाका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई काठमाडौँ जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको छ ।
काठमाडौँको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संंस्थाको रकम अपचलन सम्बन्धि उजुरीमाथि अनुसन्धान गर्न प्रहरीले अदालत समक्ष पक्राउ गर्न अनुमति मागेको थियो ।प्रहरीले आजै पक्राउ अनुमति माग गरेको थियो । अदालतले पनि आजै पक्राउ अनुमति दिएको हो। यसैगरी, लामिछानेसहित पूर्व डिआईजी छविलाल जोशीलाई पनि जिल्ला अदालत काठमाडौँले पक्राउ पूर्जी जारी गरेको छ ।
लामिछाने र जोशी दुबै जना अहिले सहकारीको रकम अपचलन सम्बन्धी अनुसन्धानको क्रममा कास्की प्रहरीको हिरासतमा छन ।
कास्कीमा रहँदा नै दुबै जनालाई रुपन्देही जिल्ला अदालतले पनि सहकारीको रकम अपचलन सम्बन्धमा अनुसन्धान गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय