काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ स्थित चन्दन भराटेश्वर महादेव मन्दिर परिसरमा निर्माण हुने भौतिक संरचनाहरुको सोमबार एक कार्यक्रमका बिच शिलान्यास गरिएको हो ।

चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरि र नेपाल स्थित भारतिय दुतावासका उपप्रमुख प्रसन्न श्रीवास्तवले संयुक्त रुपमा शिलान्यास गरेका हुन ।त्यसोत मन्दिर परिसरमा भौतिक संरचना बनाउन नेपाल सरकार, भारत सरकार र चन्द्रागिरि नगरपालिकाले बिच त्रिपक्षीय सम्झौता भएको २०८० माघ महिनामानै हो । त्रिपक्षीय सम्झौता भएको ६ महिना पछि निर्माण व्यवसायी संस्था डायना कन्स्ट्रक्सन संग पूर्वाधार निर्माणका लागि २०८१ श्रावण ११ गते सम्झौता भयो । कूल ६ करोड ५ लाख ७ हजार ४ सय ६७ रुपैयाँ लागतमा मन्दिर परिसरमा भौतिक संरचनाहरु बन्नेछन । भारतीय दुतावास नियोगका उपप्रमुख प्रसन्न श्रीवास्तवका अनुसार यो कार्यक्रम नेपाल–भारत सहयोग अन्तर्रगत हाई इम्प्याक्ट कम्युनिटी डेभलपमेन्ट प्रोजेक्ट हो जस्को कार्यान्वयन चन्द्रागिरि नगरपालिकाले गर्नेछ ।

प्रोजेक्ट अन्तर्रगत छात्रावास कक्ष, क्लब कक्ष, पठनपाठन कक्ष र सभा कक्ष, भान्सा घर कक्ष, सार्वजनिक शौचालय, छेकबार पर्खाल लगायतका छन । उक्त लागत मध्ये ४ करोड ३६ लाख ९० हजार ३ सय ३७ रूपैयाँ भारतिय दुतावासले बेहोर्र्ने छ भने बाँकी रकम चन्द्रागिरि नगरपालिकाले बेहोर्र्ने छ ।

कार्यक्रममा चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरीले चन्दन भराटेश्वर मन्दिर क्षेत्रमा थप व्यवस्थित संरचना बनेसँगै धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास हुने विश्वास व्यक्त गरे ।उनले पूर्वाधार संरचनाहरु समयमानै सम्पन्न गरि मन्दिर पुनर्निमाणमा समेत सहयोग गर्न दुतावासलाई आग्रह गरे ।उनले चन्द्रागिरि –६ मा नै रहेको विश्वको एक मात्र तिर्थ,मातातीर्थ मन्दिरमा पनि दुतावासको लगानीको आशा गरे । उनले दुतावासका प्रतिनिधीलाई भने–मातातीर्थमा संरचना निर्माणका लागि २० करोड रुपैयाँ सहयोगका रूपमा प्राप्त हुने अपेक्षा लिएको छु ।

चन्द्रागिरि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले सबैको सहयोगले समयमै भौतिक संरचना निर्माण भइसक्ने विश्वास व्यक्त गरे । कार्यक्रममा दुतावासबाट सहायता गरिने रकम मध्यको प्रथम किस्ता बापतको रकम हस्तान्तरण गरेका थियो । आज शिलान्यास भएको भौतिक संरचनाहरुको निर्माण सम्पन्न भने ११ महिना भित्र (२०८२ कार्तिक ११ गते) गरिसक्नुपर्ने सम्झौता उल्लेख छ ।उल्लेखित संरचना समयमानै बनिसक्छ भन्नेमा भने स्थानिय बिश्वस्त छैनन ।

शिलान्यास कार्यक्रममा प्रमुख अतिथि उपप्रधान एवं शहरि बिकास मन्त्री प्रकाशमान सिंह उल्लेख गरिएपनि अन्तिम समयमा उनी आउन नसक्ने भएपछि शिलान्यासका लागि स्थापित गरिएको ताम्रपत्रको पर्दाभने खुलेन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय