काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई पक्राउ गरेको छ ।
प्रसाईँलाई भक्तपुरस्थित निवासबाट मङ्गलबार पक्राउ गरिएको हो । प्रसाईंलाई साइबर अपराधको मुद्दामा पक्राउ गरिएको हो । प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जोडेर सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोप छ । प्रसाईंविरुद्ध साइबर अपराधमा अनुसन्धान अघि बढेको छ । प्रसाईले कम्बोडियामा रहेको टेलिकम एक्जियाटा कम्पनीमा प्रधानमन्त्री केपी शर्मा ओलीको २१ करोड अमेरिकी डलर लगानी रहेको भन्दै विभिन्न कागजात राखेर भिडियो सार्वजनिक गरेका थिए । पक्राउ परेका प्रसाईँलाई सीआईबीको कार्यालय बाट स्वास्थ्य चेकजाँचका चिरायू अस्पताल लगिएको छ । मेडिकल गरेर उनलाई साइबर ब्युरो लैजाने तयारी छ । त्यसपछि म्याद थप गर्न प्रहरीले अदालत लग्नेछ ।
प्रसाईँविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम साइबर क्राइममा मुद्दा चलाइने प्रहरीले जानकारी दिएको छ ।अनुसन्धानका क्रममा उनले गरेका अन्य कसुरसमेत आकर्षित हुने छ ।कीर्ते र मानहानीको कुरा पनि आएको छ त्यसमा पनि मुद्दा चल्छ प्रहरीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय