काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) का नेताहरू पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अनशन बसेका छन् ।
अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलनको स्थगित बन्दसत्र मंसिर २३ गते गर्नुपर्ने माग गर्दै विद्यार्थी नेताहरू मंगलबार अनशन बसेका हुन् । स्थगित बन्दसत्र मंसिर २३ र २४ गते काठमाडौंमा गर्न पार्टीले निर्देशन दिएको भए पनि पछिल्लो समय नेतृत्व चयन निर्वाचन प्रक्रियाबाट नभई पार्टीले तोकिदिने बहस सुरू भएको भन्दै अखिल क्रान्तिकारीका निःवर्तमान उपाध्यक्ष केशव रावल,केन्द्रीय सदस्य खगेन्द्र रावल र जनक ढुंगानाले अनशन सुरू गरेका हुन् ।
निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन हुनुपर्ने उनीहरूको माग छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय