काठमाडौं । थारू कल्याणकारिणी सभाको अध्यक्षमा प्रेमिलाल चौधरी निर्वाचन भएका छन् ।
भैरहवामा भएको २३औं राष्ट्रिय महाधिवेशबाट प्रेमिलाल थाकसको अध्यक्षमा चुनिएका हुन् ।यस्तै थाकसको महामन्त्रीमा मिनराज चौधरी निर्वाचित भएका छन् । उपाध्यक्षलगायतका पदाधिकारीहरू भने कार्यसमितिको बैठकबाट चुनिनेछन् ।थारू कल्याणकारिणी सभाको केन्द्रीय सदस्यहरूमा ५३ जना निर्वाचित भएका छन ।
थाकसमा ६१ जनाको केन्द्रीय पदाधिकारी रहने विधानमा व्यस्था रहेको छ ।

