काठमाडौं । निर्वाचन आयोगले मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको उपनिर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ ।
आयोगले निर्वाचन कार्यतालिका अनुसार बुधबार साँझ उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको हो । आयोगका अनुसार उम्मेदवारी दर्ता गरेका ४ सय १० जनामध्ये ३ जना निर्विरोध निर्वाचित भएको र ३१ जनाले उम्मेदवारी फिर्ता लिएका छन । यो संगै आयोगले ३ सय ७६ जना उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको हो ।
आयोगका अनुसार कीर्तिपुर नगरपालिकामा प्रमुखको लागि २० जना उम्मेदवार,कीर्तिपुर नगरपालिका वडा नम्बर १ मा ९ र वडा नम्बर ४ मा १२ जनाको उम्मेदवारी परेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय